रास्वपा संसदीय दलको बैठक ११ बजे

सोमबार, १६ माघ, २०७९
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ । संसदीय दलको कार्यालयमा ११ बजे  बस्न लागेको बैठकमा  प्रतिनिधिसभा नियमावलीमा संसदीय क्यालेन्डरको विषयमा छलफल हुने जनाइएको छ । 

पुराना दलले क्यालेन्डर व्यावहारिक नभएको तर्क नियमावली मस्यौदा समितिमा गरेपछि त्यसमा समाधानसहितको जवाफ दिनका लागि बैठकमा छलफल हुन लागेको सांसद सोविता गौतमले बताइन् । नियमावली मस्यौदा समितिको बैठक दिउँसो १ बजे बस्दै छ ।
 

सुझावित समाचार