भक्ति थापाको जन्मथलो विकास गरिने

आइतबार, १५ माघ, २०७९
डिजिटल संस्करण

लमजुङको मर्स्याङ्दी गाउँपालिकाले राष्ट्रिय विभूति भक्ति थापाको जन्मस्थललाई ऐतिहासिक स्थलको रूपमा विकास गर्ने भएको छ। 

मर्स्याङ्दी गाउँपालिका– ३ ढगैबेँसीमा भक्ति थापा स्मृति केन्द्र तथा पार्क निर्माण गरी ऐतिहासिक रूपमा विकास गर्ने भएको हो। 

गाउँपालिकाले उक्त स्थलको संरक्षण र विकासका लागि ‘राष्ट्रिय विभूति भक्ति थापा जन्म स्थल स्मृति केन्द्र’ को नयाँ कार्यसमिति गठन गरेको छ। भेलाले प्रेमबहादुर बस्नेतको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। 

यसैगरी, गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ संयोजक रहने गरी सात सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ। 

विभिन्न संरचनासहित भक्ति थापा स्मृति केन्द्र तथा पार्क निर्माण गर्न गाउँपालिकाले गत वर्ष नै डिपिआर निर्माण गरिसकेको छ। 

पालिकाले चालू आर्थिक वर्षमा स्मृति केन्द्रको लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। 

सुझावित समाचार