रविचन्द्र पराजुलीको अध्यक्षतामा इजोनको नयाँ कार्यसमिति

आइतबार, १५ माघ, २०७९
डिजिटल संस्करण

शिक्षा बिटमा कार्यरत पत्रकारहरूको संस्था शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)को अध्यक्षमा रविचन्द्र पराजुली निर्वाचित भएका छन्। 

आइतबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा सूर्यप्रसाद पाण्डे, महासचिवमा विनोद घिमिरे, सचिवमा पार्वता चौधरी, कोषाध्यक्षमा मञ्जिमा ढकाल निर्वाचित भएका हुन्। 

सदस्यहरूमा रुपेश आचार्य, अर्जुन पोखरेल, दीपक अर्याल, नुनुता राई, सुनिता लोहनी र दिनेश गौतम निर्वाचित भएका हुन्। 
 
इजोनको सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको हो। इजोन २०६६ सालमा स्थापना भएको थियो। 

सुझावित समाचार