नोना कोइराला ‘स्मृति पत्रकारिता पुरस्कार २०७९’ बाट वरिष्ठ पत्रकार युवराज घिमिरे सम्मानित भएका छन्।
नोना कोइरालाको १५औँ स्मृति दिवसको अवसरमा विराटनगरमा आयोजित एक कार्यक्रममा नोना कोइराला प्रतिष्ठानका संरक्षकसमेत रहेका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले घिमिरेलाई पुरस्कार वितरण गरेका हुन्।
पुरस्कार ग्रहणपछि पत्रकार घिमिरेले नेतृ नोना कोइरालाको नाममा स्थापना भएको पुरस्कारबाट सम्मानित हुँदा आफू साँच्चै सम्मानित भएको महसुस गरेको बताए।