ग्रेटवाल मोटर (जिडब्लुएम) गाडीकोे नेपालका लागि आधिकारिक विक्रेता भिजी इम्पेक्सले ‘बाई ग्रेट, सेभ बिग’ अफर ल्याएको छ । नेपालभर ४५ दिनसम्म चालू रहने अफर जिडब्लुएमका सबै प्रकारका गाडीमा मान्य हुनेछ ।
योजनाअन्तर्गत ग्राहकले नगद छुट, एक वर्षको व्यापक बिमा, एक्सचेन्ज बोनस, स्पट भ्यालुएसन र निःशुल्क एक्सेसरिजलगायत पाँच लाख रुपैयाँसम्मको फाइदा पाउनेछन् । जिडब्लुएम नेपालले हाभल एचसिक्स, हाभल जोलायन, पावर र विंगल–५ जस्ता ग्लोबल मोडेलहरू नेपालमा बिक्री गर्दैै आएको छ ।