काठमाडौंका एक व्यक्ति तम्घासमा मृत फेला

बिहिबार, १२ माघ, २०७९
डिजिटल संस्करण

गुल्मीको तम्घासमा एक व्यक्ति मृत फेला परेका छन् । काठमाडौं टोखा नगरपालिका– २ सूर्यदर्शन घर भएका ३५ वर्षीय मधु क्षेत्री बिहीबार मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उनी रेसुंगा नगरपालिका– २ छापटोलास्थित विश्वास  पुनको घरमा कोठा लिएर बस्दै आएका थिए । क्षेत्रीलाई साथीहरूले फोन सम्पर्क गर्दा सम्पर्क हुन नसकेपछि कोठामा खोजतलास गर्दा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख माधवराज खरेलले जानकारी दिए ।

भित्रबाट चुकुल लगाएको र पटकपटक बोलाउँदा नबोलेपछि कोठाको झ्यालबाट भित्र हेर्दा बिस्तारासहितको खाटमा मृत अवस्थामा फेला परेका खरेलले बताए । घटनास्थल मुचुल्का गरेर शव पोस्टमार्टमका लागि गुल्मी अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान जारी रहेको निमित्त प्रमुख खरेलले बताए ।

सुझावित समाचार