गृह प्रशासन प्रणालीगत सुधारमा केन्द्रित छ : गृहमन्त्री

मंगलबार, १० माघ, २०७९
डिजिटल संस्करण

गृहमन्त्री रवि लामिछानेले आफूहरू प्रणालीगत सुधारमा लागेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले भने, ‘हामी नतिजा ल्याउन लागिरहेका छौँ। राज्यका संयन्त्र थिलथिलो पारिएको छ। अघिल्ला सरकारका नेतृत्वबाट यसलाई काम नलाग्ने बनाउने काम भयो। त्यसमा केन्द्रित भएर प्रश्न आउँदारहेछन्। जनताले ठूलो आशा राखेर पठाएका छन्। हामी र खासगरी मैले सम्हालेको मन्त्रालय गृहले प्रणालीगत सुधारका लागि लागिरहेका छौँ। राज्यका संयन्त्रलाई हिजो चलाएजस्तो चलाउन छोडिदिनुस्। गृह प्रशासनले गर्न लागेको प्रणालीगत सुधारको प्रक्रियामा सक्नुहुन्छ भने सहयोग गर्नुस्।’ 

सुझावित समाचार