फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले पोखराको चाउथेमा अन्तर्राष्ट्रियस्तरको आधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।
आफ्ना ग्राहकहरूलाई बिक्रीपछिको आधुनिक सेवा सुविधा तथा पार्टपुर्जाहरूको सेवा दिने उद्देश्यले सर्भिस सेन्टर खोलेको आयाम इन्टरकन्टिनेन्टलले जनाएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुवबहादुर थापा, फोर्स मोटर्सका अन्तर्राष्ट्रिय बिक्री प्रबन्धक सुनील संक तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले संयुक्त रूपमा रिबन काटी उक्त सर्भिस सेन्टरको उद्घाटन गरेका हुन्।
चाउथेमा यसअघि नै फोर्स मोटर्सको सोरुम सञ्चालनमा आइसकेको छ। फोर्सका ग्राहकले सर्भिस सेन्टरमा आएर अत्याधुनिक सेवा सुविधासहित गाडी मर्मत गर्न सक्ने आयाम इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक निरन केसीले बताए।