सातै प्रदेशमा राष्ट्रिय वाणिज्य बैंकको रक्तदान

बिहिबार, ५ माघ, २०७९
डिजिटल संस्करण

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो स्थापनाको ५८औँ वार्षिकोत्सवको अवसर पारेर केन्द्रीय कार्यालयसहित देशका सातै प्रदेशमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा कुल चार सय ३० जनाले रक्तदान गरेका छन् । बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले विभागीय प्रमुखहरू गायत्री श्रेष्ठ र नारायण लामिछानेलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम सुरु गरेको बैंकले जनाएको छ ।

जसअनुसार बैंकको केन्द्रीय कार्यालय परिसरमा एक सय ४२ जना, एक नम्बर प्रादेशिक कार्यालय, विराटनगरमा ६१ जना, मधेस प्रादेशिक कार्यालय, वीरगन्जमा ४१ जना, गण्डकी प्रादेशिक कार्यालय, पोखरामा ७० जना, लुम्बिनी प्रादेशिक कार्यालय, नेपालगन्जमा ४२ जना, कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतमा ४२ जना र सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीमा भएको रक्तदान कार्यक्रममा ३२ जना गरी कुल चार सय ३० जनाले रक्तदान गरेको बैंकले जनाएको छ । 

बैंकले ५८औँ वार्षिकोत्सवको अवसर पारेर विभिन्न खेलकुद प्रतियोगिता, आँखा परीक्षण, स्वास्थ्य परीक्षण, प्रभातफेरी कार्यक्रम आयोजना भइरहको जनाएको छ । माघ १० गते बैंक ५७ वर्ष पूरा गरी ५८औँ वर्षमा प्रवेश गर्ने जनाइएको छ । हाल बैंकले देशको ७७ जिल्लाका सबै सदरमुकामसहित दुई सय ६५ शाखा, ४६ एक्सटेन्सन काउन्टर, दुई सय ६८ एटिएम र एक सय दुई शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ । 

सुझावित समाचार