युक्रेनको हेलिकोप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ को मृत्यु

बिहिबार, ५ माघ, २०७९
डिजिटल संस्करण

युक्रेनको राजधानी किभको बाहिरी भेगस्थित एक शिशु पाठशालानजिक बुधबार भएको हेलिकोप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुई बालबालिका पनि मारिएको अधिकारीहरूले बताएका छन् । अनलाइनमा पोस्ट गरिएको एक भिडियोमा आगो लागेको देखिन्छ भने रुवावासी सुनिन्छ ।

दुर्घटनाका सम्बन्धमा तत्काल थप विवरण प्राप्त भएको छैन । मृत्यु हुनेमा गृह मन्त्रालयका केही उच्च अधिकारी, गृहमन्त्री डेनिस मोनास्ट्रास्के तथा उनका उपमन्त्री र पाठशालामा आफ्ना बालबच्चा लिन आएका अभिभावक र दुई बालबालिका छन्। मोनास्ट्रास्के दुई वर्षअघि गृहमन्त्री नियुक्त भएका थिए । 

सुझावित समाचार