देउवाले बोलाए पदाधिकारी बैठक, सभामुखको उम्मेदवारबारे निर्णय लिइने

मंगलबार, ३ माघ, २०७९
डिजिटल संस्करण

कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुखको उम्मेदवारबारे निर्णय लिन पदाधिकारी बैठक बोलाएका छन् ।

प्रमुख सचेतक रमेश लेखकका अनुसार सभापति देउवाले बुधबार बिहान ९ बजे पदाधिकारी बैठक बोलाएका हुन् । 

बैठकले सभामुखमा उम्मेदवारी दिने कि नदिने, अन्य दलको उम्मेदवारलाई समर्थन गर्ने कि नगर्ने, उम्मेदवार दिए कसलाई बनाउने भन्ने टुंगो लगाउने नेता रमेश लेखकले जानकारी दिए । 

कांग्रेस र एकीकृत समाजवादीबीच सहमति गरेर सभामुखको एउटै उम्मेदवार बनाउने गरी संवाद अघि बढेको छ । कांग्रेसले पहिला आन्तरिक छलफल गर्ने र त्यसपछि अन्य विपक्षी दलहरूसँग पनि परामर्श गर्ने लेखकले बताए । 

संसद् सचिवालयले बुधबार दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकेको छ । सभामुख चयनसम्बन्धी प्रस्तावमा बिहीबारको प्रतिनिधिसभा बैठकमा मत विभाजन हुनेछ ।

सुझावित समाचार