सुधाको शब्दमा ‘ख्याल ठट्टा’

मंगलबार, ३ माघ, २०७९
डिजिटल संस्करण

गीतकार सुधा मरहट्टाको शब्दमा रहेको सन्देशमूलक गीत ‘ख्याल ठट्टा’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

राजेशपायल राईको स्वर रहेको गीतमा शंकर थापा ’स्माइल’को संगीत रहेको छ। गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका छन्।

म्युजिक भिडियोमा हास्य कलाकार किरण केसी, मोडल कमल सिंह, अश्मिता जुरेली र रोहन श्रेष्ठको अभिनय रहेको छ।  दीपक गिरीले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन्।

भिडियोमा प्रख्यात घिमिरेको कोरियोग्राफी रहेको छ। सशान कँडेलको निर्देशनमा तयार पारिएको गीतको भिडियो ‘सनराइज म्युजिक’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

सुझावित समाचार