राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चार मन्त्रीहरूकाे नाम टुंगाे लगाएकाे छ । सत्तागठबन्धनमा भएको बागबन्डाअनुसार पाएकाे चार मन्त्रीकाे नाम टुंगाे लागेकाे राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
साेमबार बसेकाे गठबन्धन दलकाे बैठकले राप्रपाबाट एक राज्यमन्त्रीसहित चारजना मन्त्री बन्ने सहमति गरेकाे थियाे।अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, विक्रम पाण्डे सहरी विकासमन्त्री, ध्रुवबहादुर प्रधान कानुन न्याय तथा संसदीय मामलामन्त्री र दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बन्ने भएका छन् । नयाँ मन्त्रीहरूको शपथ आजै हुने बताइएको छ ।