जुम्लामा जिप दुर्घटना हुँदा एकको मृत्यु, १४ घाइते

सोमबार, २ माघ, २०७९
डिजिटल संस्करण

जुम्लाको पातारासी गाउँपालिका– ६ कोटाभिरमा जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। जुम्ला विमानस्थलबाट पातारासी गाउँपालिकाको तल्फीपरे गाउँतर्फ जाँदै गरेको ग १ ज ४०३५ नम्बरको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।

घटनास्थलमा पातारासी गाउँपालिका– १  खालाढिककी ४२ वर्षीया छोदेन लामाको मृत्यु भएको प्रहरी निरीक्षक यामबहादुर बुढामगरले बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहित स्थानीयवासीको सहयोगमा उद्धार गरी घाइते सबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ।

चालकसहित १६ जना सवार जिप सडकबाट ५० मिटर तल तिला नदीमा खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
 

सुझावित समाचार