हाइड्रोजन भरिएको ग्यास सिलिन्डर विस्फोट, एकजनाको घटनास्थलमै मृत्यु

सोमबार, २ माघ, २०७९
डिजिटल संस्करण

कपिलवस्तुको वाणगंगा नगरपालिका– ९ चौहर्वामा हाइड्रोजन ग्यास भरिएको सिलिन्डर पड्किँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ। 

मृत्यु हुनेमा वाणगंगा– ८ सिसेनीका अन्दाजी ६५ वर्षीय नासिद अहमद पाखिया छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सँगै रहेका नासिदका बुवा र छोरा घाइते भएका छन्।

वाणगंगामा आजबाट सुरु भएको चौथो माघी महोत्सवमा घटना भएको हो। बेलुनमा भर्ने हाइड्रोजन ग्यास भरिएको सिलिन्डर पड्किएर विस्फोट हुँदा घटना भएको प्रहरीले जनाएको छ। 

सुझावित समाचार