३० वर्ष पूरा गरेको अवसरमा सनराइज क्यापिटलले ल्यायो विशेष छुट योजना

सोमबार, २ माघ, २०७९
डिजिटल संस्करण

सनराइज क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ सेवाको ३० वर्ष पूरा भएकोे अवसरमा विशेष छुट योजना सार्वजनिक गरेको छ । मर्चेन्ट बैंकिङ सेवा प्रदान गर्दै आएको ३० वर्ष पूरा गरेको उपलक्ष्यमा क्यापिटलले माघ १ गतेदेखि विभिन्न सेवामा छुटका योजना ल्याएको हो ।

क्यापिटलले ३० दिनका लागि डिम्याट खाता र मेरो सेयर खाता निःशुल्क खोलिदिने, लगानी व्यवस्थापन सेवाको ‘इन्ट्री लोड’ शुल्कमा तीन वर्षका लागि ३० प्रतिशत छुट, ३० लाख र सोमाथिको लगानी व्यवस्थापनका लागि इन्ट्री लोड ३० दिनका लागि निःशुल्क, ‘कस्टोडायल सेवा’को प्रशासनिक शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट, पहिलो ३० ग्राहकलाई निःशुल्क कस्टोडायल सेवा र पोर्टफोलियो काउन्सेलिङ तथा संस्थागत परामर्श शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट योजना सार्वजनिक गरेको छ ।

नेपालको मर्चेन्ट बैंकिङ सेवा प्रदान गर्ने पहिलो कम्पनीका रूपमा ०४९ माघ १ गते एनआइडिसी क्यापिटल मार्केट्स लिमिटेडको नामबाट सञ्चालनमा आएकोमा ०६७ मा एनआइडिसी क्यापिटल मार्केट्स लिमिटेडको सहायक कम्पनीका रूपमा एनसिएम मर्चेन्ट बैंकिङको नाममा दर्ता कायम भएको यो संस्था ०७३ माघ २८ मा देखि सनराईज बैंकको सहायक कम्पनीका रूपमा सनराइज क्यापिटल लिमिटेडको नामबाट सञ्चालन हुँदै आएको छ ।
 

सुझावित समाचार