सत्तागठबन्धनलाई टिकाउनुपर्ने बाध्यात्मक अवस्था छ : प्रदीप ज्ञवाली

शनिबार, ३० पुष, २०७९
डिजिटल संस्करण

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाउनुपर्ने बाध्यात्मक अवस्था रहेको बताएका छन्। 

मुलुकको राजनीतिक स्थायित्वका लागि पनि सत्तारुढ गठबन्धनलाई टिकाएर अघि बढ्नुपर्ने पूर्वमन्त्रीसमेत रहेका उपमहासचिव ज्ञवालीले यस्तो तर्क गरेका हुन्। 

शनिबार काठमाडौंमा आयोजित पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’को सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले मुलुकमा राजनीतिक स्थायित्वको नाममा राजनीतिक प्रणालीमा भने पुनर्विचार गरेर जाने अवस्था तत्कालका लागि नभएकोतर्फ पनि सचेत गराए। 

ज्ञवालीले यो गठबन्धन पनि नटिके मुलुक मारमा पर्ने बताउँदै राजनीतिक स्थायित्वको लागि राजनीतिक विचारधारामा आधारित, उद्देश्यमा आधारित गठबन्धन बनाएर मुलुकको राजनीतिकलाई अघि बढाउनुको विकल्प नरहेको धारणा राखे। 

उनले भने, ‘निर्वाचनमा मतदाताले एउटा एलाइन्समा भोट हाल्छन्। तर, काठमाडौं आइपुग्दा नपुग्दै एलाइन्सहरू भत्किन्छन्। र, फेरि नयाँ ढंगले एउटा कोर्स सुरु हुन्छ भने यो अहिलेको हाम्रो निर्वाचन प्रणाली र एलाइन्सहरू टिकाउ हुन नसकेको स्थितिमा राजनीतिक स्थायित्वको खोजी हामीले कसरी गर्ने?’

सुझावित समाचार