बागमतीको सभामुखमा राप्रपाका पाठक निर्वाचित

शुक्रबार, २९ पुष, २०७९
डिजिटल संस्करण

बागमती प्रदेश सभाको सभामुखमा सत्तागठबन्धनका तर्फबाट राप्रपाका भुवन पाठक निर्वाचित भएका छन् ।

आज भएको निर्वाचनमा पाठकले ६२ मत पाए भने उनको विपक्षमा ३९ मत पर्याे । सात सांसद सदस्य तटस्थ बसे । प्रदेश सभाका ज्येष्ठ सदस्यका रूपमा सभा सञ्चालन गरिरहेका रामप्रसाद ढुंगाना मतदानमा सहभागी भएनन् । 

एक सय १० सदस्यीय बागमती प्रदेश सभाका एक सांसद मतदानमा अनुपस्थित रहे । 

पाठकलाई सभामुख निर्वाचित गराउन गठबन्धनमा आबद्ध एमाले, माओवादी, राप्रपाको समर्थन थियो ।

सभामुख पदका कांग्रेसबाट उम्मेदवार शिवराज अधिकारीको पक्षमा ३६ सांसदले मतदान गरे । उनको विपक्षमा ६५ मत परेको थियो भने सातजना तटस्थ बसेका थिए । 

यसैगरी, सभामुख पदका उम्मेदवार नेपाल मजदुर किसान पार्टीकी सिर्जना सायजूको पक्षमा तीन मत पर्याे । उनको विपक्षमा ९८ सांसद रहे । 

प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले संविधानको धारा १८२ को उपधारा (१) तथा प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम ७ को उपनियम ६ बमोजिम सभामुख पदका उम्मेदवारहरूको उम्मदवारीलाई निर्णायार्थ पेस गरेका थिए ।

सुझावित समाचार