कलर कम्बिनेसन मिलाएर लगाउँदा साधारण कपडामा पनि मानिसलाई स्टाइलिस देखिन्छ । महँगो लगाउँदैमा राम्रो देखिन्छ भन्ने होइन । कलर कम्बिनेसन र फिनिसिङले ठिक्क रेन्जको कपडामा पनि मानिसलाई स्मार्ट देखाउँछ ।
डिजाइनबारे अलमलमा हुनुहुन्छ भने कुनै बुटिकमा गएर आफूलाई मन परेको डिजाइनका कपडा अर्डर गर्नु राम्रो हुन्छ । अलमलमा परेका ग्राहकलाई बुटिकमा रहेका डिजाइनरले कस्तोखाले कपडा म्याच गर्छ भनेर सुुझाव दिन्छन् र उनीहरूकै अर्डरअनुसार काम गर्छन् ।
बुटिकमा फेसन डिजाइनरले मानिसहरूको हाइट, मोटाइ, शारीरिक डिजाइन सबै हेरेर उसैको रोजाइअनुसारको कपडा तयार गर्छन् । प्रायः क्वालिटीमा कम्प्रमाइज नगर्ने र फेसनेबल देखिन चाहनेहरू बुटिक जान्छन् ।
बुटिकमा कपडा बनाउँदा धेरै खर्च हुन्छ भन्ने भ्रम पनि कतिपयमा छ । तर, त्यस्तो होइन । मिडियम रेन्जका कपडा पनि बुटिकमा बन्छन् । डिजाइन र त्यसमा लाग्ने मिहिनेत हेरेर फरक–फरक मूल्य पर्ने गरेको छ ।