संघर्षको अर्थ

बिहिबार, २८ पुष, २०७९
डिजिटल संस्करण

एकजना मानिसले पुतलीको लार्भाको एउटा कोया भेट्टाए । कोयाको एकतर्फको मुख थोरै खुलेको देखिन्थ्यो । त्यो मानिस बस्यो र कोयाभित्रबाट बाहिर निस्कन अथक संघर्ष गरिरहेको पुतलीलाई हेरिरह्यो । त्यो पुतली एउटा निकै सानो प्वालबाट निस्कन निकै बल लगाइरहेको थियो । तर, सानो प्वालबाट उसको भद्दा शरीर कसै निस्कन सकिरहेको थिएन ।

अनि उसका पखेटा पनि राम्रोसँग विकास भइसकेका थिएनन् । सानो प्वालका कारण ऊ त्यहाँ अड्किएकीजस्ती देखिन्थी । त्यसैले त्यो मानिसले पुतलीलाई सहयोग गर्नुपर्छ भन्ने ठान्यो । उसले एउटा कैची खोजेर ल्यायो र कोयाको मुखलाई काटेर ठूलो बनाइदियो ताकि पुतली सजिलै बाहिरिन सकोस् । 

पुतलीको शरीर ठूलो तर पखेटा भने ज्यादै नै साना देखिन्थे । कोयाको मुख काटेर ठूलो बनाइदिए पछि पुतली सजिलै बाहिर निस्कन सक्यो, तर उड्न सकेन । त्यो मानिस पुतलीको पखेटा कतिवेला ठूलो हुन्छ र उड्ला भनेर उसको छेउमा बसिरह्यो ।

तर, त्यसो भएन । पुतली उड्न नसकेर, सानो पखेटा र सुन्निएको शरीरका साथ एकछिन घस्रियो र मर्यो । त्यो मानिसको हृदय त कोमल थियो तर उसले कोयाको अचेट र त्यहाँबाट निस्कन पुतलीले गर्ने संघर्षले नै उसलाई उड्न आवश्यक क्षमता दिन्छ भन्ने बुझ्न सकेन । त्यहाँ कोयाको सानो प्वालको अचेटले नै उसको शरीरबाट उसका पखेटामा बल र सामथ्र्य प्रसार गर्ने विधान टुटेको थियो । यो उसको तयारी थियो । 

हाम्रो जिन्दगीको संघर्षबाट नै हाम्रो क्षमता विकास हुन्छ । संघर्षविना हामी कहिल्यै अघि बढ्न र मजबुत हुन सक्दैनौँ । त्यसैले हामी आफैँले चुनौतीहरूको सामाना गर्नु महत्वपूर्ण हुन्छ । अरूको मद्दतमा भर पर्नु हुँदैन । 

सुझावित समाचार