पहिलोपटक भारतीय पानासोनिक लाइफ सोलुसन्सको सोरुम नेपालमा

बुधबार, २७ पुष, २०७९
डिजिटल संस्करण

भारतमा विद्युतीय निर्माण सामग्री (इसिएम) को सबैभन्दा ठूलो घरेलु उत्पादकमध्ये एक पानासोनिक लाइफ सोलुसन्स इन्डियाले नेपालमा पहिलोपटक सोरुम सञ्चालनमा ल्याएको छ। 

कम्पनीले सार्क क्षेत्रमै २१औँ र नेपालमा पहिलो एक्सक्लुसिभ हाउजिङ सोलुसन फ्रेन्जाइज सोरुम सञ्चालनमा ल्याएको हो। इसिएम स्पेसबाहेक कम्पनीले भारतमा विभिन्न प्रकारका स्मार्ट इलेक्ट्रोनिक्स, पावर, हाउजिङ, इनर्जी र होम अटोमेसन सोलुसनमा काम गर्दै आएको छ। 

कम्पनीका अनुसार अत्याधुनिक उत्पादन डिजाइनका साथ सोरुमले उत्कृष्ट–स्तरीय मोड्युलर किचेन्स, वार्डरोब, इलेक्ट्रोनिक ट्वाइलेट सिट (इटिएस), लुगा सुकाउने प्रणाली, रिभोल्भिङ सुज र्याकजस्ता उन्नत पानासोनिक हाउजिङ सोलुसनजस्ता आकर्षक छनोटसहितका उत्पादनहरू सोरुममा उपलब्ध गराउनेछ। कम्पनीले अर्को पुस्ताको प्रविधिको अनुभव लिन सहज बनाउँदै आवासीय, व्यावसायिक र औद्योगिक क्षेत्रका लागि जुत्ता र्याक र सिटेड सावरजस्ता उत्पादन पनि ल्याउने जनाएको छ। 

पानासोनिक होम एन्ड लिभिङका लागि काठमाडौंको सोरुम रुक्मणि इन्टरनेसनल फ्रेन्चाइजीका साझेदार आदित्य बुधियाले भने, ‘रुक्मणि इन्टरनेसनल नयाँ साझेदारीबाट निकै उत्साहित छ। पानासोनिक लक्जरी कलश किचेन्सहरू एसियाली घरहरूका लागि साँच्चै एसियाली किचनहरू हुन्, जसले राम्रो डिजाइन गरिएका गुणस्तरीय किचनहरूमा कार्य क्षमता खोज्ने ग्राहकहरूको माग पूरा गर्नेछ।’ 

काठमाडौंका ग्राहकहरूले अब सहरको मध्य भागमा रहेको सोरुमः पानासोनिक लिभिङ स्टोरको टेकुमा प्रकाश फार्मेसीसँगै रहेको तारा भवनमा रुक्मणि इन्टरनेसनलमा ग्राहकले भ्रमण र अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ। 
 

सुझावित समाचार