कर्णालीको मुख्यमन्त्रीमा शर्माको दाबी, २५ सांसदको समर्थन

बुधबार, २७ पुष, २०७९
डिजिटल संस्करण

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्माले दाबी पेस गरेका छन्।

२५ सांसदको हस्ताक्षरसहित उनले बुधबार प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका हुन्। 

कर्णालीमा कुनै दलको स्पष्ट बहुमत नहुँदा ४ दलको सर्मथनमा माओवादी केन्द्रका नेता शर्माले मुख्यमन्त्रीमा दाबी गरेका हुन्। 

उनलाई नेकपा माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपाका १ र एकीकृत समाजवादीका १ जना सांसदले समर्थन गरेका छन्।
 

सुझावित समाचार