सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा प्रतितोला रु. तीन सयले घटेर रु. एक लाख तीन हजार दुई सय भएकाे छ । उक्त सुन हिजो प्रतितोला रु. एक लाख तीन हजार पाँच सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख दुई हजार सात सय छ । उक्त सुनको मूल्य अघिल्लो दिन रु. एक लाख तीन हजार थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु. एक हजार तीन सय ६५ कायम भएको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।