प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू यसपटक फरक संकल्पका साथ प्रधानमन्त्रीका रूपमा उभिएको बताएका छन् ।
प्रतिनिधिसभामा जारी बैठकमा विश्वासको मत माग्न रोस्ट्रममा उभिएका प्रधानमन्त्रीले भने, ‘म इमानदार स्वीकारोक्तिका साथ सुरुवात गर्न चाहन्छु कि म यसपटक फरक संकल्पका साथ प्रधानमन्त्रीका रूपमा रोस्ट्रममा उभिएको छु ।’
उनले विगतका आफ्ना दुवै प्रधानमन्त्रीत्वकालको आत्मसमीक्षासमेत गरे ।