गृहमन्त्रीको शपथ खाएर प्रतिपक्षी बन्छु भन्नु केटाकेटीपन : कांग्रेस सांसद रायमाझी

सोमबार, २५ पुष, २०७९
डिजिटल संस्करण
गृहमन्त्रीको शपथ खाएर प्रतिपक्षी बन्छु भन्नु केटाकेटीपन : कांग्रेस सांसद रायमाझी

फाइल तस्बिर

नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले गृहमन्त्री रवि लामिछानेले केटाकेटीपन देखाएको टिप्पणी गरेका छन्।

सोमबार राष्ट्रिय सभाको बैठकमा उनले सरकारको गृहमन्त्री भएर शपथ खाएको दिन नै मन्त्रिपरिषदमा प्रतिपक्षको भूमिका खेल्छु भन्नु केटाकेटीपन भएको बताए।

संसदीय प्रणालीमा प्रधानमन्त्रीको नेतृत्वमा जनता र संसद्प्रति उत्तरदायी हुनुपर्ने स्मरण गराउँदै रायमाझीले सरकारको उपप्रधान तथा गृहमन्त्रीले नै सरकारको प्रतिनिधिभन्दा पनि प्रतिपक्षको भूमिकामा उभिने भन्नेबाट कानुनको पालना नहुने बताए। रविको सो अभिव्यक्तिलाई उनले केटाकेटीपन वा अनपेक्षित पद प्राप्तिपछिको उत्साह अहंकार भएको टिप्पणी गरे।
 

सुझावित समाचार