प्रधानमन्त्री तथा माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एकीकृत समाजवादीसँग पनि विश्वासको मत मागेको बताएका छन् ।
सिंहदरबारस्थित संसदीय दलमा आज केहीबेरअघि बसेको बैठकमा उनले सरकारलाई समर्थन गर्न कांग्रेस र एकीकृत समाजवादीसँग पनि मत मागेको बताएका हुन् ।
संसद्को संयुक्त बैठक अहिले केहीबेरपछि बस्दै छ । प्रतिनिधिसभाको भोलिको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै छन् । माओवादी नेतृत्वकाे वर्तमान सरकारमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी सहभागी छन् । प्रचण्डलाई प्रधानमन्त्री बनाउन जसपा, नागरिक उन्मुक्ति पार्टी तथा केही स्वतन्त्र सांसदले पनि समर्थन जनाएका छन् । सरकार स्पष्ट बहुमतमा रहे पनि कांग्रेस र एकीकृत समाजवादीबाट पनि समर्थन प्राप्त गर्ने प्रयासमा प्रचण्ड छन् ।