राम्रो पर्फ्युम कसरी छान्ने ?

सोमबार, २५ पुष, २०७९
डिजिटल संस्करण
  • नेपालमा प्रायः विदेशी ब्रान्डका हाई कपी पर्फ्युमको डिमान्ड धेरै हुन्छ । ओरिजिनल निकै महँगो हुने भएकाले पनि धेरैको ध्यान हाई कपीमा गइरहेको हुन्छ । 
  • प्रायले पार्टी, सभा–समारोह वा मिटिङमा जाँदा पर्फ्युम प्रयोग गर्नुहुन्छ । उपहारमा पनि धेरैले पर्फ्युम दिने गर्नुहुन्छ । 
  • अनलाइन मार्केटमा पनि अहिले धेरै पर्फ्युमहरू पाइन्छन् । यी किन्दा पनि विश्वासिलो ठाउँबाट मात्रै लिनुपर्छ । यदि तपाईं प्रत्यक्ष रूपमा पसलमा जानुभएको छ भने हाई कपी पर्फ्युम छनोट गर्दा गुणस्तर चेक गरेर मात्रै छान्नु राम्रो हुन्छ । 
  • सफ्ट खाले पर्फ्युम प्रयोग गर्ने वा हार्ड प्रयोग गर्ने भन्ने विषय मानिसको रोजाइमा भर पर्छ । भेनिला, चकलेट, साइट्रस, फ्लावर, अत्तरलगायत विभिन्न फ्रेगनेन्समा पर्फ्युम पाइन्छन् । 
  • नेचुरल इग्रिडियन्स भएकापर्फ्युम राम्रो मानिन्छ । अल्कोहलिक पर्फ्युमबाट टाढै रहँदा राम्रो हुन्छ । 
  • इडिपी र इडिटी गरी दुई प्रकारका पर्फ्युम पाइन्छन् । फ्रेगनेन्स लेभल हाई हुने भएकाले इडिपीयुक्त पर्फ्युम लामो समय टिक्छ । इडिटी थोरै समय टिक्छ । 
  • इडिपी होस् कि इडिटी होस्, दुवै पर्फ्युमका ओरिजिनल ब्रान्ड दुई दिनसम्म कपडामा टिक्छ भने हाई कपी एक दिन टिक्छ । 

सुझावित समाचार