सर्बियाली खेलाडी नोभाक जोकोभिकलाई अस्ट्रेलियन ओपनअघि ठूलो राहत मिलेको छ । जोकोभिकले आइतबार सम्पन्न एडिलेड अन्तर्राष्ट्रिय वानको उपाधि जितेका छन् । जोकोभिकले अमेरिकाका सेवास्टियन कोर्डालाई २–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् ।
मेलवर्न पार्कमा अष्ट्रेलियन ओपन १६ देखि २९ जनवरीसम्म हुँदै छ । यो उपाधिसँगै जोकोभिकलाई ग्रान्डस्लाममा सहज हुने अनुमान गरिएको छ । जोकोभिक कीर्तिमानी २२औँ पटक ग्रान्डस्लाम उपाधि विजेता राफेल नाडालसँग बराबरी गर्न चाहन्छन् । जोकोभिकले २१औँ पटक ग्रान्डस्लाम उपाधि जितेका छन् ।
प्रतिस्पर्धात्मक बनेको खेलमा जोकोभिकले ६–७(८), ७–६(३) र ६–४ को पुनरागमन जित निकाले । चोटका बाबजुद सेमिफाइनलमा डानियल मेदभेदेभलाई जोकोभिकले पराजित गरेका थिए । फाइनलमा जोकोभिक पूर्ण रूपमा ठीक भएका थिए । कोर्डाले वेला–वेला दबाब सिर्जना गर्दा जोकोभिक पछाडि परेका थिए ।