लोसपामा विश्वासको मतसम्बन्धी निर्णयको अधिकार महन्थ ठाकुरलाई

आइतबार, २४ पुष, २०७९
डिजिटल संस्करण

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत दिने–नदिने भन्ने निर्णय गर्ने अधिकार अध्यक्षलाई दिएको छ।

आज बसेको सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष महन्थ ठाकुरलाई विश्वासको मतसम्बन्धी निर्णय लिने अधिकार दिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ गते मंगलबार विश्वासको मत लिँदै छन्।

त्यसैगरी, लोसपाले मधेस प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन गर्नुका साथै संगठन विस्तारको कामलाई यथाशीघ्र अघि बढाउने निर्णयसमेत गरेको छ।

सुझावित समाचार