राजनीतिक-प्रशासनिक चुनौती चिर्न प्रचण्डलाई नेपालको सुझाव

शनिबार, २३ पुष, २०७९
डिजिटल संस्करण

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको राजनीति, समाज र प्रशासनमा भएका चुनौतीहरूको सम्बोधन हुने गरी वर्तमान सरकार अघि बढ्नुपर्नेमा जोड दिएका छन्। 

शनिबार नेपाल पत्रकार महासंघ भक्तपुरको २६औँ स्थापना दिवसको अवसरमा बोल्दै उनले सरकारलाई यस्तो सुझाव दिएका हुन्। 

उनले देशको राजनीति आफ्नै हिसाबले अघि बढिरहेको भन्दै वर्तमान सत्तागठबन्धन कति दरिलो छ भन्ने कुरा सहजै अनुमान लगाउन नसकिने बताए। 

नेपालले सरकारले जनचाहनाअनुसार आफ्नो काम र जिम्मेवारी पूरा गर्नुपर्ने बताए। उनले पदमा को बस्छ भन्ने कुरा महत्वपूर्ण नभएको भन्दै पदमा रहनेले के गर्छ भन्ने कुरामा ध्यान दिनुपर्ने उनको तर्क थियो। 

जनतामा राजनीतिप्रति नै नकारात्मक र वितृष्णा पैदा भइरहेकोप्रति सरकार संवेदनशीन बन्नुपर्नेमा उनको जोड थियो। 
 

सुझावित समाचार