अदानचुली विवाद : तालाबन्दी गर्न कांग्रेस र माओवादीकाे हाेडबाजी

शुक्रबार, २२ पुष, २०७९
डिजिटल संस्करण

हुम्लाको अदानचुली गाउँपालिकाका निमत्त प्रमुख प्रशासकीय अधिकृत मेगनाथ शाही र लेखापाल दत्तबहादुर थापालाई हाजिर लगाउन नदिएपछि कांग्रेस कार्यकताले स्वास्थ्य शाखामा तालाबन्दी गरेका छन्।

गाउँपालिका अध्यक्षनिकट कांग्रेसका कार्यकताले उपाध्यक्ष कर्ण रोकायानिकट स्वास्थ्य शाखा संयोजक हंस महताराको कक्ष र स्वास्थ्यचौकीमा तालाबन्दी गरेका हुन्। 

उपाध्यक्ष रोकायाको नेतृत्वमा कार्यपालिका बैठकको निर्णयअनुसार महतारालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मा तोकिएको थियो।

अध्यक्षनिकट मानिएका निमित्त अधिकृत मेगनाथ शाही र लेखपाल दत्तबहादुर थापालाई हाजिरी लगाउन उपाध्यक्ष कर्ण रोकाया पक्षले नदिएपछि अध्यक्षनिकट कांग्रेस कार्यकर्ताले स्वास्थ शाखादेखि स्वास्थ्यचौकीसम्म तालाबन्दी गरेको वडाध्यक्ष नम्बर ४ वडाध्यक्ष मनश्रृषि पाण्डेले जानकारी दिए। 

उपाध्यक्षनिकट माओवादी केन्द्रका कार्यकताले पालिकामा तालाबन्दी गरेका छन् भने अध्यक्षनिकट कांग्रेस कार्यकताले स्वास्थ्य शाखा तथा स्वास्थ्यचौकीमा तालाबन्दी गरेका छन्। 

सुझावित समाचार