डाइनिङ टेबलले हाम्रो जीवनमा महŒवपूर्ण भूमिका खेलेको हुन्छ । यो त्यस्तो स्थान हो, जहाँ हामी सपरिवार बसेर भोजन गर्छौं । त्यसैले यसको छनोटमा ध्यान दिन जरुरी छ ।
सबैभन्दा पहिले कुन आकारको डाइनिङ टेबल छान्ने भन्ने तय गर्नुपर्छ । तपाईंको किचेनको क्षेत्रफल र परिवार संख्याले यसको निर्धारण गर्छ । तपाईंको परिवार सबै बस्न मिल्ने त हुनु नै प¥यो, कहिलेकाहीँ पाहुना आउँदा पनि अट्न सक्ने खालको टेबल छनोट गर्नु राम्रो हुन्छ ।
अर्को कुरा यसको मेटेरियल हो । पहिले काठको डाइनिङ टेबल धेरै प्रयोग हुन्थ्यो । आजकल प्लास्टिक, एक्रेलिक, मेटल, प्लाइउड, स्टोनलगायत धेरै भेराइटीका डाइनिङ टेबल विभिन्न डिजाइनमा बजारमा पाइन्छन् ।