पछिल्ला दुई वर्षमा रामकुमारी झाँक्री सबैभन्दा बढी साइबर हमलामा

मंगलबार, १९ पुष, २०७९
डिजिटल संस्करण

एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पछिल्लो दुई वर्षमा आफू सबैभन्दा बढी साइबर हमलामा परेको बताएकी छिन् । उनले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफू सबैभन्दा धेरै साइबर हमलामा परेकाले कानुनी उपचार खोज्न बाध्य भएको जनाएकी छिन् ।

अनुसन्धान टिमले साइबर आक्रमण, साइबर हिंसा र साइबर ह्यारेसमेन्टको सम्बन्धमा झाँक्रीमाथि लामो समय लगाएर अनुसन्धान गरेको थियो । अनुसन्धानपछि अनुसन्धान टिमले आफूमाथि सबैभन्दा धेरै साइबर हमला भएको बताएको उल्लेख गरेकी छिन् । 

उनीमाथि  सबै प्रकारका पेसा, वर्ग, जातजाति, लिंग र सबै क्षेत्रमा बस्ने व्यक्तिहरूले व्यक्तिगत रूपमा अपशब्द प्रयोग गरेर गालीगलाेज गरेको अनुसन्धानमा देखिएको छ । आफूलाई  सोसल मिडियामा सबैभन्दा धेरै जातीय हिसाबले  मगर, तामाङ, राई, लिम्बूजस्ता जनजाति समुदायका व्यक्तिले आक्रमण गरेको उनको दाबी छ । त्यस्तै विश्वकर्मा, परियार, नेपालीजस्ता दलित समुदायका व्यक्तिहरूसमेत आफूलाई आक्रमण गर्न लागेको उनको भनाइ छ । 

त्यसैगरी लैंगिक हिसाबले महिलाहरू, महिलाका नाम र महिलाको प्रोफाइल फोटो राखेका नक्कली आइडीबाट आफू आक्रमणमा परेको उनले उल्लेख गरेकी छिन् । 

आफ्नो काम र  आफूसँग  असम्बन्धित व्यक्तिहरू पनि ठूलो संख्यामा व्यक्तिगत गालीगलाेजमा आएको उनको दाबी छ । आफूले अब पनि कानुनी उपचार नखोज्ने हो भने आफूभन्दा पछाडिका बहिनी र छोरीहरूमा यस्तोखाले सिकार झन् बढ्ने भन्दै चाँडोभन्दा चाँडो कानुनी उपचार खोज्ने उनले बताइन् ।  

सुझावित समाचार