आजको मौसम : हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

मंगलबार, १९ पुष, २०७९
डिजिटल संस्करण
आजको मौसम : हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

फाइल तस्बिर : नयाँ पत्रिका

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली केही स्थानमा हल्का हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रही प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  

हाल देशको प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई भूभागमा हुस्सु लागेको अवस्था छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।  

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव पाँच डिग्री र अधिकमत तापक्रम १७ दशमलव पाँच डिग्री सेल्सियस रहनेछ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइन ६ दशमलव एक डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २३ दशमलव आठ डिग्री सेल्सियस रहनेछ ।
 

See More On

सुझावित समाचार