घरमा आगलागी हुँदा एकको मृत्यु

सोमबार, १८ पुष, २०७९
डिजिटल संस्करण

आगलागीका कारण घर जल्दा कास्कीमा एकजनाको मृत्यु भएको छ। कास्कीको मादी गाउँपालिका वडा नम्बर १ सिक्लेसस्थित घरमा लागेको आगलागीका कारण ७१ वर्षीय सुरज गुरुङको मृत्यु भएको हो। मृतक गुरुङ कास्कीको मादी गाउँपालिका वडा नम्बर १ का निवर्तमान वडाध्यक्षसमेत हुन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार घरमा लागेको आगोको कारण उनको मृत्यु भएको बताए। तर, पनि घरमा आगो कसरी लाग्यो त्यो भने थाहा हुन नसकेको भनाइ उनको छ। आगलागीका कारण दुई घर जलेर नष्ट भएको उनले जानकारी दिए।
 

See More On

सुझावित समाचार