सर्लाहीमा प्रहरीले गर्‍याे आठ बिघा गाँजाखेती फँडानी

सोमबार, १८ पुष, २०७९
डिजिटल संस्करण

सर्लाही प्रहरीले जिल्लाको विकट नारायण खोलामा लगाएको अवैध गाँजाखेती फँडानी गरेको छ। आइतबार प्रहरीले लालबन्दी नगरपालिका– १४ नारायण खोलामा करिब आठ बिघा जमिनमा लगाएको अवैध गाँजाखेती नष्ट गरेको हो।

ठूलो क्षेत्रफलमा अवैध गाँजाखेती भइरहेको सूचनाको आधारमा प्रहरी गाँजाखेती फँडानी गर्न पुगेको थियो। जिल्लाकै विकट मानिने नारायण खोला पुगेर प्रहरीले अवैध गाँजाखेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

नारायण खोला क्षेत्रमा प्रहरीले स्थानीयले लगाएको प्रतिबन्धित गाँजाखेती फँडानी गर्दै आएको छ। फँडानी गरेको गाँजाको बोट आगो लगाएर नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विजय यादवले जानकारी दिए। जिल्लाको विकट चुरे क्षेत्र, नारायण खोला, मोटरदोभानलगायतका गाउँमा राम्रो आम्दानीको लोभमा स्थानीले गाँजाखेती गर्दै आएका छन्।
 

See More On

सुझावित समाचार