आपराधिक क्रियाकलापमा संलग्न १५५ पक्राउ

आइतबार, १७ पुष, २०७९
डिजिटल संस्करण

जिल्ला प्रहरी परिसर काठमाडौंले ६ महिनाको अवधिमा आपराधिक क्रियाकलापमा संलग्न एक सय ५५ जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीले चालू आव ०७९/८० को साउनदेखि पुससम्मको अवधिमा आपराधिक क्रियाकलापमा संलग्न अभियुक्तहरूलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विभिन्न मितिमा अदालतले कैद र जरिवानाको फैसला सुनाएकामा फरार रहेका एक सय ५५ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा पेस गरिएको जानकारी दिए ।

पक्राउ परेकालाई अदालतले २९ वर्ष पाँच महिना ६ दिन कैद र दुई करोड ९४ लाख ४९ हजार सात सय ५६ जरिवाना असुल गरेको उनले बताए ।

See More On

सुझावित समाचार