नेपाली बजारमा प्रिमियम ह्विस्की ‘कालापत्थर’

शुक्रबार, १५ पुष, २०७९
डिजिटल संस्करण

 जावलाखेल गु्रप अफ इन्डस्ट्रिजले प्रिमियम ह्विस्की ब्रान्ड ‘कालापत्थर’ ल्याएको छ ।ब्लेन्डेड रिजर्भ ह्विस्की कालापत्थर हिमालयको पानीका साथै स्कटल्यान्डबाट दुई फरक सेरी र ओक कास्कमा तयार पारिएको कम्पनीले जनाएको हो । यसमा सोफिस्टिकेटेड रिच एन्ड स्मुथफिनिस भएकाले आनन्दका साथ पिउन सकिने कम्पनीको दाबी छ ।

वाल्र्ड अर्चर्ड फ्रुट र टफीको क्रिमी स्विटनेस, सिटरस पिल, भेनिला र जाडोमा न्यानो गराउने मसलाको मिश्रण रहेको बताइएको छ । साथै, उक्त ह्विस्की प्रिमियम बोतलमा ७५० एमएल, १८० एमएल र ९० एमएलमा पाइने कम्पनीको भनाइ छ ।

सुझावित समाचार