एमाले नेता–कार्यकर्ताको भावनाविपरीत कुनै निर्णय हुँदैन : प्रदीप ज्ञवाली

शुक्रबार, १५ पुष, २०७९
डिजिटल संस्करण

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले एमाले नेता–कार्यकर्ताको भावनाविपरीत पार्टीले कुनै पनि निर्णय नगर्ने जनाएका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत ज्ञवालीले बाहिर चलेको चर्चा र अनुमान अतिरञ्जना र हल्ला मात्रै भएकाले त्यसको पछि नलाग्न नेता–कार्यकर्तालाई आग्रह गरे ।

उनले एमाले मात्र सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित रहेकाे उल्लेख गर्दै इतिहासका घटनालाई बिर्सन नसकिने उल्लेख गरे ।

उनले लेखेका छन्, ‘अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित छ । त्यसभन्दा बाहिर चलेका चर्चाफ अनुमान,अतिरञ्जना र हल्ला मात्र हुन् । पार्टीभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको हो । संकटका वेला सतिसालझैँ उभिएका कमरेडहरूको भावनाविपरीत कुनै निर्णय हुनेछैन । इतिहासका केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन, बिर्सन हुँदैन ।’

सुझावित समाचार