नेविसंघको वैधानिक पूर्णताका लागि दबाब बढाउँदै इतरनिकट विद्यार्थी नेता

बिहिबार, १४ पुष, २०७९
डिजिटल संस्करण

कांग्रेसको इतर समूहका विद्यार्थी नेताहरूले नेपाल विधार्थी संघ (नेविसंघ) को वैधानिक पूर्णताका लागि थप दबाब दिने भएको छ। बिहीबार राजधानीमा भएको इतरनिकट विधार्थी नेताहरूको भेलाले यस्तो निर्णय गरेको हो। 

विद्यार्थी नेता भुवन भट्टका अनुसार भेलाले नेतृत्वबाट भएका विधि-विधानविपरीतका क्रियाकलापको सामूहिक प्रतिवाद गर्ने र तत्काल नेविसंघको वैधानिक पूर्णताका लागि थप दबाबका कार्यक्रम तय गर्ने समझदारी बनाएको छ। 

साथै, सर्वपक्षीय छलफलमा जोड दिँदै स्ववियु निर्वाचन गराउन सहयोग गर्ने र नेविसंघलाई जिताउन भूमिका खेल्नेबारे समेत छलफल भएको उनले जानकारी दिए।

‘पछिल्ला घटानाक्रम र समसामयिक विषयमा महत्त्वपूर्ण छलफल भयो,’ उनले भने, ‘वर्तमान अध्यक्षले गरेका अवैधानिक निर्णय र गलत क्रियाकलापको सामूहिक प्रतिवाद गर्ने र तत्काल वैधानिक पूर्णताका लागि दबाब दिने समझदारी भएको हो।’
 

See More On

सुझावित समाचार