१५ वर्षअघि बानेश्वरको ‘के एन्ड के’ कलेजमा भएको ‘ग्याङफाइट’का एक अभियुक्त बिहीबार पक्राउ परेका छन्। संखुवासभा घर भएका पुष्पराज लिम्बूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको हो।
१४ मंसिर २०६४ मा कलेजका विद्यार्थीहरूबीच आँखा तरेको विषयलाई लिएर दुई समूहबीच झगडा हुँदा नगेन्द्र लिम्बूको हत्या भएको थियो। धारिलो हतियार प्रहारबाट उनको हत्या भएको थियो भने रिजन राई गम्भीर घाइते भएका थिए।
सो घटनामा संलग्न अहिलेसम्म पक्राउ परेका थिएनन्। बिहीबार एकजनालाई पक्राउ गरी प्रहरी वृत्त बानेश्वर पठाइएको सिआइबीका एसपी कमल थापाले बताए।