चुनावमा अन्तर्घात गर्नेको विवरण पठाउन कांग्रेसले थप्यो समयावधि

बिहिबार, १४ पुष, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा अन्तर्घात गर्नेहरूको विवरण पठाउने समयावधि थप गरेको छ। कांग्रेसको केन्द्रीय अनुशासन समितिले बिहीबार एक सूचना जारी गर्दै एक महिना समय थप गरेको हो।

यसअघि प्रदेश एवं जिल्ला अनुशासन समितिको निर्णयसहित पुस १५ सम्म अन्तर्घात गर्नेको विवरण पठाउन भनिएको थियो। ‘...सो म्याद थप गर्नुपर्ने भनी सिफारिस प्राप्त हुन आएकाले उक्त समयावधि २०७९ माघ १५ गतेसम्मका लागि बढाइएको जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

सुझावित समाचार