पद बाँडफाँडका लागि सत्तागठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै

बिहिबार, १४ पुष, २०७९
डिजिटल संस्करण

आज सत्तारूढ गठबन्धनको बैठक बस्दै छ । गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बिहान प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बस्नेछ ।

उपराष्ट्रपति, उपसभामुख, मन्त्री तथा प्रदेश सरकारलगायत बाँकी पद बाँडफाँडको विषयमा छलफल हुनेछ ।  छलफलमा गठबन्धनको ठूलो दल नेकपा एमालेसहित नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति, जनता समाजवादी, जनमत पार्टी रहनेछन् । 
 

सुझावित समाचार