पार्टी एकताका लागि माधव नेपाल सकारात्मक हुनुहुन्छ : बस्नेत

बुधबार, १३ पुष, २०७९
डिजिटल संस्करण

एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमालेसँग एकताका लागि सकारात्मक रहेको बताएका छन् । 

नयाँ पत्रिकासँग कुरा गर्दै बस्नेतले एकीकृत समाजवादी एमालेमै समाहित हुने गरी आन्तरिक रूपमा गृहकार्य चलिरहेको बताए । बस्नेतले आजै नेपालसँग भेट गरेका थिए । 

‘माधव कमरेड एमालेसँग एकताका लागि केपी कमरेडसँग छलफल गर्न सकारात्मक देखिनुभएको छ,’ उनले भने, ‘उहाँहरूबीचको परिणाममुखी वार्ताले सकारात्मक निष्कर्ष निकाल्न सक्छ ।’

दुई नेताबीचको भेटमा सहभागी एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले दुवै पार्टी मिलाउने प्रयास अघि बढिरहेको र आफूले पनि एकताकै सुझाब दिएको बताए । 

दुई पार्टी मिले एमाले संसद्को सबैभन्दा ठूलो दल बन्नेछ । 

सुझावित समाचार