बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

मंगलबार, १२ पुष, २०७९
डिजिटल संस्करण

बझाङको छबिसपाथीभेरा गाउँपालिका– ५ थलारामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

सोमबार राति करिब ८ बजे से.२त २३४३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा छबिसपाथीभेरा– ५ का चालक मंगल धामी र सहचालक धनबहादुर ठगुन्नाको मृत्यु भएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए। ट्याक्टरमा सवार दुवैजनाको घटनास्थलमै ज्यान गएको हो।

ट्याक्टर झोलुंगे पुलको निर्माण सामग्री ढुवानी गरिरहेको थियो। उकालो बाटो चढ्न नसकी पछाडि सरेर ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ।

See More On

सुझावित समाचार