नागरिकले न्याय नपाएको महसुस गरेकाले गृह मन्त्रालय रोजेको हुँ : लामिछाने

सोमबार, ११ पुष, २०७९
डिजिटल संस्करण
नागरिकले न्याय नपाएको महसुस गरेकाले गृह मन्त्रालय रोजेको हुँ : लामिछाने

सिंहदरबारस्थित गृहमन्त्रालयमा पदभार ग्रहण गर्दै रवि लामिछाने । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले न्यायमा पहल गर्न सकिन्छ कि भनेर आफूले गृह मन्त्रालय रोजेको प्रतिक्रिया दिएका छन्। 

सिंहदरबारस्थित गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै लामिछानेले विगतमा सञ्चारकर्मीका रूपमा काम गर्दा गृह प्रशासनबाट जनताले चाहेजस्तो सेवा नपाएको महसुस आफू गरेकाले अहिले यही मन्त्रालय रोजेको बताए। 

‘यसअघि सञ्चारकर्मी भएर काम गर्दा सबैभन्दा बढी काम गर्नुपर्ने क्षेत्र गृह प्रशासन देखेको थिएँ। नागरिकले भनेजस्तो सेवा नपाएको महसुस भइरहन्थ्यो,’ उनले भने, ‘त्यसैले यहाँ धेरै काम गर्नुपर्ने देखेको कारणले मैले गृह मन्त्रालय रोजेको हुँ।’ उनले गृह मन्त्रालयका बारेमा जनगुनासो बढी आउने गरेको बताए।

सुझावित समाचार