यी हुन् आज शपथ लिने एमालेका चार मन्त्री

सोमबार, ११ पुष, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभामा दोस्रो ठूलो दल एमाले चार मन्त्रीसहित सरकारमा सहभागी हुने भएको छ । 

उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा जान लागेको हो । पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्दै छन् । उनी वर्तमान सत्तागठबन्धनका एक प्रमुख सूत्रधार हुन् । 

यसअघि दुईपटक अर्थमन्त्री बनिसकेका पौडेल एमाले र माओवादी एकतापछि बनेको नेकपा (नेकपा)का महासचिव थिए । 

एमालेले आजै शपथग्रहण गराउने गरी राजेन्द्र राई, ज्वालाकुमारी साह र दामोदर भण्डारीलाई पनि मन्त्री बनाउँदै छ । एमालेबाट मन्त्री बन्न लागेको चारैजना प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् । 

सुझावित समाचार