चार्ल्स शोभराजलाई कैदमुक्त गर्न सर्वोच्चको आदेश

बुधबार, ६ पुष, २०७९
डिजिटल संस्करण

सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दाका अभियुक्त चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई छाड्न आदेश दिएको हो।

सर्वोच्चले १५ दिनभित्र शोभराजलाई आफ्नो देश फर्काउनसमेत आदेश दिएको छ। ७० वर्ष नाघेका शोभराजले जेष्ठ नागरकले पाउने कैद छुटको सुविधा दिन आफ्ना कानुन व्यवसायीमार्फत पटक–पटक सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। 

सुझावित समाचार