नेप्सेसँगै कारोबार रकममा गिरावट

बुधबार, ६ पुष, २०७९
डिजिटल संस्करण

साताको दुई दिन लगातार बढेको नेप्सेमा बुधबार सामान्य अंकले गिरावट आएको छ। 

बुधबार नेप्से परिसूचक ५.८९ अंक घटेर एक हजार आठ सय ६७.२२ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.३१ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.११ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४० अंकले घटेको छ।

बुधबार कारोबारमा आएका दुई सय ५२ कम्पनीको २४ लाख ४० हजार कित्ता सेयर ८६ करोड ३८ लाख १६ हजार रुपैयाँबराबरको खरिद–बिक्री भएको छ। 

बुधबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। मंगलबारको कारोबारमा ९३ करोडभन्दा बढीको सेयर कारोबार भएको थियो।  

नेप्सेका १३ उपसमूहमध्ये बैंकिङ उपसमूहबाहेक अरू सबै उपसमूहको परिसूचक घटेको छ। जसमा बैंकिङ उपसमूहको परिसूचक ०.२७ प्रतिशत बढेको छ। त्यस्तै, वित्त र अन्य उपसमूहको परिसूचक यस दिन एक प्रतिशतभन्दा बढी घटेको छ।

बुधबार नेप्से परिसूचकमा गिरावट आए पनि दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा आँधीखोला लघुवित्त वित्तीय संस्था र सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। 

त्यसैगरी, इस्टर्न हाइड्रोपावर र घलेम्दी हाइड्रोको सेयरमूल्य नाै प्रतिशतभन्दा बढी बढेको छ। बुधबार एनआइसी एसिया बैंकले ११ करोडभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ।   

सुझावित समाचार