स्वास्थ्यमा कुल बजेटको १० प्रतिशत छुट्याउनुपर्ने

मंगलबार, ५ पुष, २०७९
डिजिटल संस्करण

सरकारले स्वास्थ्यमा कुल बजेटको दश प्रतिशत लगानी पुर्याउनुपर्ने नीति पारित गरेको छ। गृहमन्त्री बालकृष्ण खाणको संयोजकत्वमा रहेको मन्त्रिपरिषद् सामाजिक समितिको मंगलबार बसेको बैठकले यस्तो नीति पारित गरेको हो। 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेस गरेको राष्ट्रिय स्वास्थ्य वित्त रणनीतिमा त्यस्तो उल्लेख छ। बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दुई र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पेस गरेका दुई नीति पास गरेको छ।
समितिले स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति ०७८, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पेस गरेका राष्ट्रिय बालबालिका नीति ०७९ र अपांगता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति ०७९ पास गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेयले जानकारी दिए।

सुझावित समाचार